Logo
Logo

‘राष्ट्रपति सहमतिमा टुंग्याउँछौं’


7k
Shares

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारूढ गठबन्धनका दलहरूले सहमति गरेका राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउने बताएका छन् ।

शुक्रबार दिउँसो नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटपछि प्रधानमन्त्री प्रचण्डले गठबन्धन कायम रहेको बताएका हुन् । भेटपछि प्रधानमन्त्री प्रचण्डले आफूहरु एकै ठाउँमा रहेको र केही दिनमा निष्कर्षमा पुग्ने बताए । प्रधानमन्त्री प्रचण्ड र ओलीबीच ओली निवास बालकोटमा भेटवार्ता भएको हो ।

बालकोटबाट बाहिरिने क्रममा सञ्चारकर्मीले राखेको जिज्ञासामा प्रधानमन्त्री प्रचण्डले एक/दुई दिनमै राष्ट्रपतिबारे सहमति हुने बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्