Logo
Logo

पशुपतिमा बिशेष पुजा गर्न ७ हजार ५ सय र १५ हजार १ सय शुल्क निर्धारण


1.1k
Shares

काठमाडौं । पशुपति क्षेत्रबिकास कोषले पशुपतिनाथको बिशेष पुजा गर्ने रकम बढाएकाे छ ।

पशुपति क्षेत्रबिकास कोष, सञ्चालक परिषद, देउउद्यानज गौशालाले आज जारी गरेका सुचना अनुसार पराम्परागत पुजा र बिशेष पुजाको शुल्क बढोत्तरी गरिएको हो ।

गत असार ८ गते बसेको सञ्चालक परिषदको बैठकको निर्णयानुसार शुल्क परिमार्जन गरि बढोत्तरी गरिएको कोषले जनाएको छ । ‘भगवान श्री पशुपतिनाथ मन्दिरमा दर्शनार्थ पाल्नु हुने भक्तजनहरुवाट पराम्परागत रुपमा नै गरिने रु ५,१००/- र रु ११,०००/- को बिशेष पुजा बापत कोषको खातामा जम्मा हुने निर्धारण गरिएकोमा मिति २०७९ असार ८ गते को सञ्चालक परिषदको बैठकको निर्णयले उक्त पुजा रकमलाई क्रमशः ७५००/- र १५,१००/- हुने गरी परिमार्जन गरिएको छ’ कोषले जारी गरेको सुचनामा भनिएको छ ।

बिशेष प्रकृतिको पुजा लागि शुल्क लिदाँ ब्यवस्थापनमा सहज हुनुको साथै पावन पशुपत क्षेत्र विकासका लागि आवश्यक रकम प्रबन्ध गर्नसमेत यसले सघाऊ पुगाउने कोषले बिश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्