
काठमाडौं । नेपाली कांग्रसले राष्ट्रपति निर्वाचनमा जनता समाजवादी पार्टी, नेपाल (जसपा) सँग सहयोग गर्न अनुरोध गरेको छ ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच शुक्रबार भएको भेटघाटको क्रममा नेता पौडेलले राष्ट्रपति निर्वाचनमा कांग्रेसको साथ दिन अनुरोध गरेका हुन् ।
जसपाको केन्द्रीय कार्यालयमा दुई नेताबीच करिव आधा घण्टा छलफल भएको थियो । भेटमा नेता पौडेलले राष्ट्रपतिमा आफूलाई सहयोग गर्न अध्यक्ष यादवलाई अनुरोध गरेका थिए भने यादवले उपराष्ट्रपतिबारे चासो व्यक्त गरेका थिए ।
राष्ट्रपतिको निर्वाचन, विधान अधिवेशनको तयारी लगायतका अजेण्डाहरुमा छलफल गर्न जसपाले आइतबार कार्यकारिणी समितिको बैठक बोलाएको छ ।














