
विराटनगर । नेकपा एकीकृत समाजवादी, प्रदेश नं. १ कमिटीको आयोजनामा शनिबारदेखि मोरङको लेटाङमा तीनदिने आवासीय प्रशिक्षक प्रशिक्षण सुरु भएको छ ।
पार्टीको आधारभूत तहसम्म प्रशिक्षण प्रदान गर्न प्रशिक्षकहरू तयार गर्ने उद्देश्यका साथ उक्त तालिम सुरु गरिएको प्रदेश नंं. १ कमिटी अध्यक्ष बलदेव चौधरीले जानकारी दिए ।
प्रशिक्षक प्रशिक्षणमा प्रदेश नं. १ का १४ जिल्लाका ६० जना प्रशिक्षार्थी सहभागी छन् । पार्टीका शीर्षस्थ नेतासहितले तालिम दिने गरी प्रशिक्षक प्रशिक्षणको व्यवस्था मिलाइएको अध्यक्ष चौधरीले जानकारी दिए ।
पहिलो दिनको तालिम उद्घाटन पार्टी अध्यक्ष माधवकुमार नेपालले गरेका हुन् ।














