Logo
Logo

यसरी मनाइयो प्रजातन्त्र दिवस (तस्वीरहरु)


4.8k
Shares

काठमाडौं । काठमाडौंको टुँडिखेलमा विशेष समारोह आयोजना गरि प्रजातन्त्र दिवस मनाइएको छ ।

१०४ वर्षे जहानियाँ राणा शासन अन्त्य भएको अवसरमा हरेक वर्ष फागुन ७ गते नेपालमा प्रजातन्त्र दिवस मनाउने गरिन्छ । बि.स. २००७ साल फागुन ७ गतेका दिन राणा शासनको अन्त्य भएको थियो ।

राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ मूल समारोह समितिद्वारा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, सभामुख देवराज घिमिरे, मन्त्रीहरु, उच्चपदस्थ कर्मचारीलगायतको सहभागिता थियो ।

कार्यक्रममा नेपाली सेनाले राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ व्यानर अंकित दुईवटा हेलिकोप्टरबाट पृष्पवृष्टि गराएको थियो । त्यस्तै मैदानबाट शान्तिका दूत परेवा र रंगीचंगी बेलुन उडाइएको थियो ।

समारोहमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट मार्चपासका साथै देशप्रेमले भरिपूर्ण कालजयी राष्ट्रिय गीतका धून र व्याण्ड प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्