Logo
Logo

वृहत्तर राष्ट्रिय सहमति आजको आवश्यकता : प्रधानमन्त्री


756
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा वृहत्तर राष्ट्रिय सहमति आजको आवश्यकता भएको बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले संविधानले अवलम्बन गरेको सामाजिक न्याय र समानतामा आधारित समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने तथा समावेशी आर्थिक समृद्धि हासिल गर्न वृहत्तर राष्ट्रिय सहमति आजको आवश्यकता भएको बताएका हुन् ।

‘देशको राजनीति र अर्थतन्त्रले संकटपूर्ण परिस्थितिको सामना गरिरहेको छ । यस्तो अवस्थामा समृद्धि संस्थागत गर्न, संक्रमणकालीन न्यायको सिद्धान्तका आधारमा मुलुकमा दीगो शान्ति स्थापित गर्न, देशको भूराजनीतिक अवस्थालाई हृदयंगम् गर्न राष्ट्रिय सहमति आजको ऐतिहासिक आवश्यकता हो,’ उनले भने ।

आजभन्दा ठीक ७३ वर्षअगाडि पुर्खाहरुले जहाँनियाँ निरंकुश व्यवस्थामाथि विजय हासिल गरेको स्मरण गर्दै प्रधानमन्त्रीले फागुन ७ गते नेपाल र नेपाली जनताका निम्ति ऐतिहासिक महत्वको दिन भएको बताए ।

जनताको वलिदानीपूर्ण संघर्षदेखि वर्तमानसम्म देशमा निकै ठूला क्रान्ति, आन्दोलन र संघर्षहरू भएको उनको भनाई थियो ।
साथै उनले समाजवादउन्मुख राज्यको आधार तयार पार्ने राष्ट्रिय कार्यभारमा एकजुट भएर लाग्न अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्