
काठमाडौं । आइतबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको हो ।
्आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार छापावाल सुनको भाउ प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँ थियो ।
तेजाबी सुनको मूल्य १ लाख २ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तेजाबी सुनको मूल्य तोलामा १ लाख २ हजार रुपैयाँ थियो ।
आइतबार चाँदीको मूल्य पनि बढेको छ । तोलामा १५ रुपैयाँले बढेको चाँदीको मूल्य १२ सय ९० रुपैयाँ पुगेको छ । गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १२ सय ७५ रुपैयाँ थियो ।











