Logo
Logo

कारागार बसाइँले धेरै कुरा सिकायो : सांसद चौधरी


2k
Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीले जेलमा बस्दा आफुले धेरै कुरा सिकाएको बताएका छन् ।

प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपतिबाट आममाफी पाएर रिहा भएका उनले आफूमाथि राजनीतिक प्रतिशोध साँधिएको र कारागार बसाइँले धेरै कुरा सिकाएको बताएका हुन् ।

कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद चौधरी १८ दिन जेल बसेर आज जिल्ला कारागार कैलालीबाट रिहा भएका हुन् ।जेलमुक्त भएपछि पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै राष्ट्रपति कार्यालय, नेपाल सरकार र गृह मन्त्रालयलाई धन्यवाद दिए ।

२०६६ भदौ ३ गते बन्दको अवज्ञा गरेको भन्दै ट्याक्टर जलाएको आरोपमा २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले चौधरीसहित तीन जनामाथि ६ महिना कैद र ८ लाख १९ हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो ।

तर उनीहरू फरार भएका थिए । उनी गत वैशाखको प्रतिनिधि सभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्