
सुनसरी । सुनसरीको हरिनगर गाउँपालिका–१ मा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुबोध मुखीयाकी ७ वर्षीया छोरी नैना कुमारी रहेका छन् ।
गम्भिर घाइते बालिकाको उपचारको क्रममा गोल्डेन अस्पताल बिराटनगरमा मृत्यु भएको हो । को २५ प ८८ ०९ नम्बरको मोटरसाइकलले सडक पार गर्दै गरेकी बालिकालाई ठक्कर दिएको थियो ।
मोटरसाइकल चालक नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।














