Logo
Logo

महराको बयान सुरु, महिलाको डेरामा गएको स्वीकार


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३ कात्तिक ।
बलात्कार प्रयासको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको बयान सुरु भएको छ । बयानका लागि यसअघि अस्वीकार गर्दै आए पनि आइतबार जिल्ला सरकारी वकिलको कार्यालयमा महराको बयान सुरु भएको हो ।


सरकारवादी फौजदारी मुद्दामा अभियुक्त पक्राउ परेपछि प्रहरीले बयान गराउँछ । तर महरा अस्वस्थताका कारण अस्पतालमा रहेकाले जिल्ला सरकारी वलिकको कार्यालयमा प्रहरीको उपस्थितिमा बयान सुरु भएको हो । महराले यसअघि गएको मंगलबार (असोज २८ गते) बयानका लागि अस्वीकार गरेका थिए ।
स्रोतका अनुसार बयानमा उनले उजुरी दिने महिलाको डेरामा गएको स्वीकार गरेका छन् । आफन्त पर्ने भएकाले भेट्न गएको उनको भनाई छ । तर, आफुले बलात्कार प्रयास नगरेको उनको दाबी छ । बयानपछि सकेसम् आजै मुद्दा दायर गर्ने प्रहरी तयारी छ ।
पीडित महिलाले पटक पटक सो घटनाबारे फरक फरक अभिव्यक्ति दिएकी छिन् । त्यसकारण अदालतमा उनले के भन्छिन् त्यसमा महरा छुटने वा थुनिने तय हुने छ ।

प्रतिक्रिया दिनुहोस्