Logo
Logo

माओवादी केन्द्रले सोमबार बोलायो पदाधिकारी बैठक


1.2k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले सोमबार पदाधिकारी बैठक बोलाएको छ । राष्ट्रपति चयनलगायत विषयमा छलफल गर्न बैठक बोलाएको हो ।

माओवादी केन्द्रका नेता मातृका यादवका अनुसार सोमबार दिउँसो ४ बजेपछि पार्टी मुख्यालय पेरिसडाँडामा पदाधिकारी बैठक डाकिएको हो । फागुन अन्तिम साता हुने राष्ट्रपति चुनावमा पार्टीले कसलाई समर्थन गर्ने भन्ने विषयमा बैठकमा छलफल गरिने भएको बताइएको छ ।

यसअघि नेकपा एमालेसहित सत्ता गठबन्धन दलहरूसँग भएको सहमतिअनुसार गठबन्धन दलहरूको तर्फबाट साझा उम्मेदवार बनाउने भनिएपनि पछिल्लो समय माओवादी र एमालेका नेताहरूले राष्ट्रपति उम्मेदवारको विषयलाई लिएर भिन्न प्रतिक्रिया दिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्