
काठमाडौं । नागरिक अगुवा एवं पूर्व स्वास्थ्यमन्त्री डाक्टर मथुराप्रसाद श्रेष्ठको निधन भएको छ । श्रेष्ठको सोमबार बिहान सवा ४ बजे अन्नपूर्ण अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
२०४७ सालको अन्तरिम सरकारका स्वास्थ्यमन्त्री समेत रहेका श्रेष्ठ मानव अधिकार आन्दोलनका वरिष्ठ रक्षकको रुपमा चिनिन्थे । उनको सोमबार बिहान ९ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार हुने जनाइएको छ ।
विदेशमा रहेका छोराछोरीको आग्रहमा श्रेष्ठको पार्थिव शरीर शिक्षण अस्पतालको शवगृहमा राखिएको छ ।














