Logo
Logo

रञ्जु दर्शनाद्वारा पत्रकारविरुद्ध प्रहरीमा उजुरी




काठमाडौं, २९ पुस ।

विवेकशील साझा पार्टीबाट छुटेर विवेकशील नेपालीमा आबद्ध युवा नेतृ रञ्जु दर्शनाले आफू र विवेकशील साझाका संयोजक रवीन्द्र मिश्रलाई जोडेर आएका समाचारको खण्डन गर्दै ती अनलाइन मिडियाविरुद्ध उजुरी दिएकी छन्।


पार्टी फुटेपछि केही अनलाइनले ’मिश्रले रञ्जुलाई बलात्कार प्रयास गरेको’ आसयका समाचार प्रकाशन गरेका थिए। उनले ती समाचार प्रकाशन गर्ने ५ वटा अनलाइनविरुद्ध साइबर क्राइम अन्तर्गत महानगरीय प्रहरी परिसर काठमाडौंमा आज उजुरी दिएकी हुन्। समाचारले गम्भीर चरित्रहत्या गरेको भन्दै उनले प्रहरीमा उजुरी दिएकी हुन् ।
नेतृ दर्शना गत वर्ष स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा उठेकी थिइन् ।

शुक्रबार विवेकशी साझाका संयोजक उज्जव थापासहित १६ जनाले छुट्टै पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए।

प्रतिक्रिया दिनुहोस्