Logo
Logo

बिन्दबासिनी म्युजिक कम्पनीका सञ्चालक रेग्मी पक्राउ



काठमाडौं । बिन्दबासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मी पक्राउ परेका छन् । थाईल्याण्डबाट नेपाल आउँदै गरेका बेला केन्द्रीय साइबर ब्यूरोले रेग्मीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।

रेग्मीलाई विमानस्थलबाटै पक्राउ गरिएको साइबर ब्यूरोका एसएसपी नवीन्द अर्यालले जानकारी दिए । उनका अनुसार साइबर अपराधको आरोपमा पक्राउ परेका रेग्मीको आजै अदालतमा म्याद थप गरिने तयरी भइरहेको छ ।

रेग्मीले सामाजिक सञ्जालमामार्फत् विभिन्न कलाकारहरुविरुद्ध अपशब्द प्रयोग गरेको तथा लाञ्छना लगाउने गरेको आरोपसहित साइबर ब्युरोमा उजुरी परेको थियो ।

गायक प्रमोद खरेलसहित ४ जना कलाकारले उजुरी दिएपछि उनलाइ पक्राउ गरिएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्