Logo
Logo

दक्षिणा दिएर साधुसन्तलाई बिदाइ गरियो


1.4k
Shares

काठमाडौं । महाशिवरात्रिको अवसरमा भारतलगायत विभिन्न ठाउँबाट पशुपतिनाथमा आएका साधुसन्तको बिदाइ गरिएको छ । पशुपति क्षेत्र विकास कोषले सोमबार साधुसन्तहरुलाई दक्षिणा दिएर बिदाइ गरेको हो ।

पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाका अनुसार एक जना साधुसन्त बराबर बढीमा ९ हजार २०० रुपैयाँसम्म दक्षिणा दिइएको छ ।

शिवरात्रिका बेला उनीहरुले भक्तजनबाट प्रशस्त दक्षिणा पाए पनि आफूहरूले कोषको तर्फबाट दक्षिणास्वरुप दिने प्रचलनअनुसार दिइएको खतिवडाले बताए । फागुन ६ गते परेको महाशिवरात्रिमा नेपाल र भारतबाट साधुसन्त पशुपतिमा आएका थिए ।

प्रतिक्रिया दिनुहोस्