काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनबारे पार्टीको निर्णय गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई दिएको छ ।

सोमबार बसेको पदाधिकारी बैठकले २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनमा पार्टीले लिने कदमबारे निर्णय गर्ने अधिकार प्रचण्डलाई दिएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । महराले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने बारे छलफल भएको तर व्यक्तिका बारे चर्चा नभएको बताए ।
बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता महराले पार्टीको हितलाई ध्यानमा राखेर राष्ट्रपति चयनबारे अन्य दलहरूसँग छलफल अगाडि बढाइने बताए । राष्ट्रिय सहमतिमै राष्ट्रपति चयन हुनुपर्छ भन्ने अडानमा आफूहरू कायम रहेको उनको भनाइ छ ।














