
काठमाडौं । कुमारी बैंकले आफ्ना एक संस्थापक सेयरधनीको नाममा रहेको सेयर बिक्री गर्ने घोषणा गरेको छ ।
बैंकले संस्थापक सेयरधनी तर्कबहादुर बुढाथोकीको नाममा रहेको १६ हजार ६०० कित्ता संस्थापक सेयर बिक्री खुला गर्ने घोषणा गरेको हो ।
यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले सुरुमा आवेदन दिन सक्ने बैंकले जनाएको छ । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजबाट ३५ दिन भित्र बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरीमा आबेदन दिनु पर्नेछ ।
सेयर मूल्य भने बिक्रेताले तोके बमोजिम हुने जारी सूचनामा उल्लेख गरिएको छ । सुचना अनुसार उक्त समयमा संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिनेछ ।














