
काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अस्थिर रहेको बताएका छन् ।
मंगलबार सुर्खेतको दैलेखमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता भट्टराईले वर्तमान सत्ता गठबन्धन टुटाउन एमालेले पहल नगरे पनि प्रचण्ड अस्थिर रहेकाले भरोसा नभएको बताएका हुन् ।
सत्ता गठबन्धन टुटाउन एमालेले कुनै बिजनेस नगर्ने उनको भनाइ छ । ‘अस्थिर राजनीतिले कसैलाई फाइदा हुँदैन । कुनै गन्तव्यमा पुग्न स्थायित्व हुनुपर्ने हा । तर प्रचण्डमा त्यो स्थिरता देखिँदैन । प्रचण्डले यो गठबन्धन टुटाए चरम अवसरवादी भएको प्रमाण हुनेछ,’ उनले भने ।
भट्टराईले सत्ता गठबन्धनका उम्मेदवारबाटै राष्ट्रपतिको उम्मेदवार बन्ने हुँदा कांग्रेसले नैतिक रुपमा समर्थन गर्न नमिल्ने बताए ।














