Logo
Logo

उड्नै लागेको सौर्यको जहाज किन भयो फिर्ता ?


882
Shares

फाइल फाेटाे

काठमाडौं । इण्डिकेटरमा समस्या देखिएपछि उड्नै लागेको सौर्य एयरलाइन्सको जहाज फिर्ता भएको छ ।

मंगलबार बिहान त्रिभुवन विमानस्थलबाट विराटनगर उड्नका लागि धावनमार्ग नजिकै पुगेको सौर्यको जहाजको इण्डिकेटरले समस्या देखाएपछि फिर्ता भएको हो ।

एसएयू ७२१ उडान नम्बरको जहाज यात्रु बोर्डिङ पुरा गरी धावनमार्ग नजिकै पुगेको थियो । तर, इण्डिकेटरले जहाजमा समस्या रहेको देखाएपछि उडान नगरी फिर्ता भएको विमानस्थलले जनाएको छ ।

तर, जहाजमा के समस्या देखिएको हो भन्नेबारे परीक्षणपछि मात्र थाहा हुने विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्