Logo
Logo

स्कटल्याण्डद्वारा नेपाललाई २१३ रनको लक्ष्य प्रस्तुत


882
Shares

काठमाडौं । कीर्तिपुरमा जारी आइसीसी विश्वकप लिग २ एक दिवसीय त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा स्कटल्याण्डले नेपालसामु २१३ सरको लक्ष्य प्रस्तुत गरेको छ ।

टस हारेर ब्याटिङ पाएको स्कटल्याण्डले ४६.१ ओभर खर्चदा सबै वीकेट गुमाउँदै २१२ रन जोड्न सफल भएको हो ।

नेपालका लागि सन्दीप लामिछानेले ४, करण केसीले ३, ललित राजवंशी र कुशल मल्लले १–१ विकेट लिए । स्कटल्याण्डका एकजना ब्याटरलाई दीपेन्द्रसिंह ऐरीले रनआउट गरेका थिए । त्यसैगरी, करण केसीले आफ्नो स्पेलमा ८.१ ओभर बलिङ गरी ४२ रन खर्चेर ३ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्