Logo
Logo

प्रधानमन्त्रीको सचिवालयले भन्यो- मुख्य सल्लाहकार बाहेक अन्य नियुक्ति गरिएको छैन


5k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले मुख्य सल्लाहकारबाहेक अन्य कोही पनि सल्लाहकार पदमा नियुक्ति नभएको जानकारी दिएको छ ।

मंगलबार बिहान प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा पूर्वसभामुख अग्नि सापकोटाका छोरा रुपक सापकोटा नियुक्त भएको चर्चा चलेपछि प्रेस संयोजक सूर्यकिरण शर्माले मुख्य सल्लाहकारमा हरिबोल गजुरेलबाहेक अन्य काेही नियुक्त नभएकाे बताएका हुन् ।

उनले भने– प्रधानमन्त्रीका मुख्य सल्लाहकार हरिबोल गजुरेलबाहेक अन्य कोही पनि सल्लाहकार पदमा नियुक्ति गरिएको छैन ।’

प्रतिक्रिया दिनुहोस्