Logo
Logo

देशकै पहिलो सुरुङमार्गको शिलान्यास


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ४ कात्तिक ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नागढुंगा–सिस्नेखोला सुरूङमार्गको शिलान्यास गरेका छन्।

सोमबार चन्द्रागिरी नगरपालिका वडा नम्बर १ टोटीटोलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सुरूङमार्गको शिलान्यास गरेका हुन्। यो देशकै पहिलो सुरुङमार्ग हुने छ ।
धादिङको सिस्नेखोलाबाट सुरू हुने सुरूङमार्ग टोटीटोलमा आइपुग्छ। जापान सरकारको सहुलियतपूर्ण ऋण सहयोगमा ५.५६ किलोमिटर सुरूङमार्ग बन्न लागेको हो।

आयोजना प्रमुख श्यामप्रसाद खरेलका अनुसार जापानीज कम्पनीले आयोजना निर्माणको जिम्मा लिएको छ। ४२ महिनाभित्र आयोजना सम्पन्न हुने गरी काम सुरू गरिने उनले बताए। जापान सरकारको १६ अर्ब ऋण सहयोग र नेपालको ६ अर्ब रुपैयाँ लगानीमा सुरूङमार्ग बन्न लागेको हो।

यो सुरूङमार्ग बनेपछि मोटर गुड्ने पहिलो सुरूङमार्ग बन्ने पनि उनले बताए। शिलान्यास कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, भौतिक योजना तथा पूर्वाधारमन्त्री रघुवीर महासेठ, खानेपानी मन्त्री बिना मगरलगायतको उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्