काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले राष्ट्रपति उम्मेदवारमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नाममा सहमति हुने संकेत गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकबाट बाहिरिनेक्रममा नेता शर्माले बालुवाटारमा सम्पन्न चार दलको बैठकमा नेताहरुबीच राष्ट्रपति उम्मेदवारमा पौडेलको नाममा लगभग सहमित भएको संकेत दिए ।
राष्ट्रपतिमा रामचन्द्र पौडेलको नाममा सहमति भएको हो भन्ने प्रश्नमा उनले भने, ‘पक्कै त्यही नै हो । अब ५ बजे राष्ट्रपति मात्र होइन, समग्र एजेन्डमा कसरी अगाडि बढ्ने भन्ने बारेमा छलफल भएर टुंगिने अवस्थामा छ ।’














