Logo
Logo

राष्ट्रपति निर्वाचनमा राप्रपा कसैको प्रस्तावक र समर्थन नबस्ने


693
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रपति निर्वाचनमा कसैको प्रस्तावक र समर्थन नबस्ने निर्णय गरेको छ । शुक्रबार काठमाडौंमा बसेको राप्रपाको कार्यसम्पादन समितिको बैठकले राष्ट्रपति निर्वाचनमा प्रस्तावक र समर्थक नबस्ने निर्णय गरेको पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।

राष्ट्रपति निर्वाचन सम्बन्धि अन्य विषयमा छलफल जारी रहेको र राष्ट्रपति निर्वाचन अघि बैठक बसेर आवश्यक निर्णय गर्ने उनले बताए । त्यस्तै बैठकले आगामी चैत्र १८ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाउने निर्णय गरेको लिङ्देनले जानकारी दिए । बैठकमा संगठन संरचना लगाएतका बिषयमा पनि छलफल भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्