Logo
Logo

दुई महिनामै टुट्यो एमाले नेतृत्वको गठबन्धन


10.1k
Shares

काठमाडौं । गत पुस १० गते नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार बन्दा बनेको एमाले नेतृत्वको गठबन्धन टुटेको छ ।

राष्ट्रपति निर्वाचनमा सरकारको नेतृत्वकर्ता माओवादी केन्द्रसहितका आठ दलको गठबन्धन बनेसँगै एमाले नेतृत्वको गठबन्धन दुई महिनामै टुटेको हो । शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी, लोसपा, एकीकृत समाजवादी, जनमत,उन्मुक्ति लगायतका पार्टीबीच राष्ट्रपतिमा कांग्रेसलाई मत दिने निर्णय भएसँगै नयाँ राजनीतिक कोर्षको सुरुवात भएको हो ।

आठ दलको बैठकमा सहमति जुटेपछि प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ राजनीतिक यात्रा सुरु भएको बताए ।

प्रधानमन्त्री प्रचण्डले बैठकमा राखेको भनाइ उद्धृत गर्दै नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले भने– ‘पुस १० को गठबन्धन टुटेको छ । अव नयाँ ढंगले अघि बढ्नुपर्छ, ‘नयाँ राजनीतिक यात्रा सुरु भएको छ, यसलाई अगाडि बढाऔँ । राष्ट्रिय स्वाधीनता तथा जनतालाई सेवा–सुविधा दिने कुरामा एकताबद्ध भएर जाऊँ । सत्ता समीकरणमा पनि एकताबद्ध भएर जाऊँ ।’

मंसिरमा सम्पन्न आम निर्वाचनपछि पुस १० मा नेकपा एमालेको नेतृत्वमा सात दलीय गठबन्धनमार्फत प्रचण्ड प्रधानमन्त्री बनेका थिए । उक्त गठबन्धनमा एमाले,माओवादी केन्द्र, जसपा, जनमत, नागरिक उन्मुक्ति राप्रपा र रास्वपा सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्