Logo
Logo

रामचन्द्र पौडेल र रवि लामिछानेबीच भेटबार्ता


3.9k
Shares

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ट नेता रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

कांग्रेसले राष्ट्रपतिमा उम्मेदवार बनाउने निर्णय गरेसँगै नेता पौडेलले हात्तिगौंडास्थित निवासमा पुगेर सभापति लामिछानेसँग भेट गरेका हुन् । भेटमा पौडेलले राष्ट्रपतिमा आफूलाई समर्थन गर्न रास्वपा सभापति लामिछानेलाई आग्रह गरेका छन् ।

नेकपा माओवादी केन्द्रसहितका ८ दलले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने सहमति यसअघि नै गरिसकेका छन् । तर रास्वपाले भने कुनैपनि पक्षमा समर्थन खुलाएको छैन ।

प्रतिक्रिया दिनुहोस्