काठमाडौं । नेपाली कांगे्रसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । उनले नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत आठ दलको समर्थन शनिबार मनोनयन दर्ता गराएका हुन् ।

रामचन्दै पौडेलको प्रस्तावकमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नागरिक उन्मुक्तिकी रञ्जिता श्रेष्ठ, जनमत पार्टीका नेता अब्दुल खान र जसपाका नेता अशोक राई रहेका छन् ।
यस्तै, लोसपा अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र माओवादी नेता हितराज पाण्डे समर्थक रहेका छन् । शुक्रबार साँझ चुनावअघिको गठबन्धनबीच भएको बैठकले कांग्रेसमा उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने सहमति भएको थियो ।














