Logo
Logo

प्रधानमन्त्री आज गोरखा जाँदै


1.5k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज गोरखा जाने भएका छन् । गोरखामा हुने २ वटा कार्यक्रममा सहभागी हुन प्रचण्ड गोरखा जान लागेका हुन् ।

दिलबहादुर रम्तेलको स्मृति सभालगायत कार्यक्रममा भाग लिन बारपाक सुलिकोट जाने र मतदाता तथा कार्यकर्ता भेटघाटलाई पालुङटार जाने कार्यक्रम तय भएको हो । प्रधानमन्त्री प्रचण्ड आज बिहान ११ बजे बारपाक सुलिकोट गाउँपालिका आइपुग्ने कार्यक्रम रहेको गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले जानकारी दिए ।

गत मंसिर ४ मा प्रचण्ड गोरखा २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए । निर्वाचित भएपछि उनी मतदातालाई धन्यवाद दिन गाउँ(गाउँमा जान पाएका थिएनन् । उनले कार्यव्यस्तताले गर्दा मतदातालाई धन्यवाद दिन जान नपाएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्