Logo
Logo

सांसदको निधनमा जसपाले झण्डा आधा झुकाउने, ३ दिन शोक विदा


2.7k
Shares

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले सांसद सहनाज रहमानको निधनमा दुख व्यक्त गरेको छ।

शनिबार केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले शोक विज्ञप्ति जारी गर्दै सांसद सहनाज रहमानको निधनप्रति दुख व्यक्त गरेका हुन्।

सङ्घीयता, गणतन्त्र, पहिचान र अधिकार प्राप्तिको आन्दोलनमा अनवरत लागेकी मधेस आन्दोलनकी अग्रणी रहमानको मृत्युले संघीय लोकतान्त्रिक गणतन्त्रको आन्दोलन र जनता समाजवादी पार्टी, नेपाललाई अपूरणीय क्षति पुग्न गएको सो पार्टीले बताएको छ।

शोकमा जसपाले पार्टीको झण्डा आधा झुकाउने र शनिवारदेखि तीन दिनसम्म कार्यालय बन्द रहने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्