Logo
Logo

एकीकृत समाजवादीसँगको वार्ता सकारात्मक : एमाले


1.8k
Shares

काठमाडौं । नेकपा एमालेले राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङको पक्षमा मतदान गर्न नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई आग्रह गरेको छ ।

बिहीबार आलोकनगरस्थित एकीकृत समाजवादीको पार्टी कार्यालय पुगेर नेम्वाङसहितका नेताहरुले राष्ट्रपति निर्वाचनका लागि भोट मागेका हुन् । नेम्वाङको पक्षमा मत मागेर फर्केपछि पत्रकारहरुसँग कुरा गर्दै एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले शीर्ष नेताहरूसँग भेटवार्ता सकारात्मक भएको प्रतिक्रिया दिए ।

‘हामीले सुवास नेम्वाङलाई भोट हाल्न अनुरोध गरेका छौँ । अहिलेको चुनौतीको बीचमा दुई पार्टीलाई एक गर्ने कुरामा हामीबीच एक खालको सहमति भएको छ । यही अवसरलाई समातेर हामी फेरि पनि भेटघाट र छलफल अगाडि बढाउने दुई पक्षबीच साझा सहमति भएको छ,’ उनले भने ।

नेता गुरुङले राष्ट्रपति निर्वाचनका विषयले पार्टी एकताको सम्भावना पनि अगाडि बढ्न सक्ने सम्भावना रहेको बताए । उनले भने, ‘समय बलवान छ समयको शक्तिले हामीबीचको आग्रह पूर्वाग्रह, रिस राग सबैलाई छोपेर अगाडि बढ्ने बाटो भेटेको छौँ । वार्ता सकारात्मक छ।’

प्रतिक्रिया दिनुहोस्