Logo
Logo

प्रधानमन्त्रीद्वारा यु-१९ विश्वकपका लागि छनोट भएकामा नेपाली टिमलाई बधाई


441
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रीलङ्कामा हुने यु–१९ विश्वकपका लागि छनोट भएकामा नेपाली टिमलाई बधाई दिएका छन् ।

प्रधानमन्त्री दाहालले आज सामाजिक सञ्जालमार्फत देशको गौरव बढाउन एवं नेपालको ख्याति विश्वस्तरमा चिनाउन नेपाली खेलाडीले पु¥याउनुभएको योगदानको उच्च प्रशंसासमेत गरे ।

उनले भनेका छन्, ‘श्रीलङ्कामा हुने यु–१९ विश्वकपका लागि छनोट भएकामा नेपाली टिमलाई हार्दिक बधाई ज्ञापन गर्दै देशको गौरव बढाउन एवं नेपालको ख्याति विश्वस्तरमा चिनाउन नेपाली खेलाडीहरूले पु¥याउनुभएको योगदानको उच्च प्रशंसा गर्दछु ।

प्रतिक्रिया दिनुहोस्