Logo
Logo

मिडियाहरु विषयवस्तु केन्द्रित भएनन् : सभामुख


378
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले विषयवस्तुमा केन्द्रित भएर समाचार प्रकाशन र प्रशारण गर्नुपर्ने बताएका छन् ।

शुक्रबार अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै सभामुख घिमिरेले सञ्चारमाध्यमहरुले नेताहरु र शीर्षकमा मात्र केन्द्रित नभई विषयवस्तुमा केन्द्रित भएर समाचार प्रकाशन र प्रशारण गर्नुपर्ने बताएका हुन् ।

उनले भने– ‘अहिले मिडियाहरुले कन्टेनमा के छ त्यसलाई नहेरेर, चर्चामा रहेका विषय र नेताहरुको प्रचारमा मात्रै जाने गरेकाे देखेको छु ।’ उनले संसद र अन्य संघसंस्थाहरुमा पनि महिलाहरुको सक्रियता र सहभागिता बढीरहेको भए पनि सञ्चारमाध्यमहरुले सो अनुसार प्रचारप्रसार नगरेको गुनासो गरे ।

‘संसदमा महिलाहरुका लागि अस्थायी प्रकृतिका केही संरचनाहरु जरुरी रहेको छ । र त्यो निर्माण गर्नेगरी संसद सचिवालयसँग कुरा गरी महिलालाई मिडिया फ्रेण्डली बनाउन विभिन्न कार्यक्रम निर्माण गर्ने योजनामा छौं । त्यसका लागि विषयवस्तु केन्द्रीत भएर सञ्चारमाध्यमले भूमिका खेल्नु आवश्यक छ । ’

प्रतिक्रिया दिनुहोस्