Logo
Logo

त्रिभुवन विमानस्थल प्रमुखको जिम्मेवारी प्रताप तिवारीलाई


567
Shares

काठमाडौं । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल महाप्रबन्धकको जिम्मेवारी प्रतापबाबु तिवारीलाई दिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले विभागीय प्रमुखहरूको जिम्मेवारी हेरफेर गर्दै तिवारीलाई महाप्रबन्धकको जिम्मेवारी दिएको हो । तत्कालीन महाप्रबन्धक प्रेमनाथ ठाकुर घुस मागेको आरोपमा निलम्बनमा परेपछि उक्त पद खाली थियो ।

हाल नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानको प्रमुख रहेका उनलाई काठमाडौँ विमानस्थलको प्रमुखको जिम्मेवारी दिइएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए । उनका अनुसार प्रतिष्ठानमा देव चन्द्रलाल कर्णलाई पठाइएको छ ।

त्यस्तै एभिएसन सर्भिसेज निर्देशनालयका प्रमुख हंशराज पाण्डेलाई भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रमुख बनाइएको छ । भैरहवाका महाप्रबन्धक गोविन्द दाहाल यसैसाता सेवा निवृत्त हुँदैछन् ।

प्रतिक्रिया दिनुहोस्