काठमाडौं । नेकपा एमालेका राष्ट्रपति उम्मेदवार रहेका सुवास नेम्बाङले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई पार्टी कार्यालयमै पुगेर भेटेका छन् ।

शुक्रबार भएको भेटमा नेम्बाङले राउतसँग आफूलाई राष्ट्रपति निर्वाचनमा सहयोग गर्न आग्रह गरेका थिए । नेम्बाङसँगै राउतलाई भेट्न एमाले नेता कृष्णगोपाल श्रेष्ठ, पृथ्वीसुब्बा गुरुङलगायत बुद्धनगर पुगेका थिए ।
सुवास नेम्वाङले यससअघि आजै लोसपाका अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका थिए । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा एमालेबाट नेम्वाङ र आठ दलीय गठबन्धनबाट नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल उम्मेदवार रहेको छन् ।










