Logo
Logo

छैटौँ तलाबाट खसेर एकीकृत समाजवादीका नेता सरोजकुमारको निधन


2.1k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता सरोजकुमार उपाध्यायको लडेर निधन भएको छ । एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेलका अनुसार नेता उपाध्याय शनिबार शंखमुलस्थित एक रेष्टुरेन्टको ६ तलामाथिबाट खसेका थिए । उनलाई तत्काल उद्दार गरेर मिनभवनस्थित सिभिल अस्पताल लगिएको थियो ।

महानगरीय प्रहरी परिसर, काठमाडौंका एसएसपी दानबहादुर कार्कीका अनुसार सिभिलले उनलाई अन्नपूर्ण न्युरो अस्पताल लगिएको थियो । उनको उपचारकै क्रममा निधन भएको हो । उनी एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका भाइ हुन् ।

काठमाडौंको शंखमुलस्थित बबिन्स कफी नामक रेष्टुरेन्टको छैटौँ तलाको झ्यालबाट उनी खसेको रेष्टुरेन्ट सञ्चालक रञ्जितकुमार यादवले बताएका छन् । उनका अनुसार उपाध्याय केही दिनदेखि नियमित रूपमा बिहान साढे १० बजेतिर आउने र कफी अर्डर गर्ने गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्