Logo
Logo

सार्कको नयाँ महासचिवमा बंगलादेशी गोलाम सरवार


567
Shares

काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को नयाँ महासचिवमा बंगलादेशी कुटनीतिज्ञ गोलाम सरवार हुने भएका छन ।

श्रीलंकाली कूटनीतिज्ञ इसाला रुवान विराकुनको समयावधि १७ फागुनमा सकिएपछि सार्कको नयाँ महासचिवमा गोलाम सरवारले जिम्मेवारी लिने भएका हुन । हाल मलेसियामा रहेका उनी महासचिवको जिम्मेवारी लिनका लागि केही दिनमा नेपाल आउने छन् ।

रोलक्रम अनुसार अफगानिस्तानवाट सार्कको महासचिव हुनु पर्ने भए पनि सार्क सदस्य राष्ट्रले तालिबानी सरकारलाई मान्यता नदिए पछि नेपालको पहलमा बंगलादेशले सो अवसर पाएको हो ।

सार्क राष्ट्रको हैसियतमा सबै बिदेश मन्त्रालयलाई कुटनीतिक पत्राचार गरेर सार्क महासचिवमा बंगलादेशी कुटनीतिज्ञलाई नेपालले मान्यता दिलाइको हो ।

प्रतिक्रिया दिनुहोस्