काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेकपा माओवादीलाई ‘अपराधी र हत्यारा’ भन्नेहरूलाई ठेगान लगाइदिने चेतावनी दिएका छन् ।

आइतबार काठमाडौंमा आयोजित शहीद तथा बेपत्ता परिवारको कार्यक्रममा बोल्दै विप्लवले माओवादीहरु अपराधी नभएको समेत दावी गरे । उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘माओवादीलाई अपराधी’ भनेको सह्य भएपनि आफूलाई सह्य नहुने बताए ।
महाससचिव विप्लवले भने, ‘आज माओवादीले सारा बिगा¥यो भन्नेहरू छन् । भाषणैपिच्छे अपराधीहरू, लुटेराहरू बजारमा यो छ । प्रचण्डजी के गर्नुहुन्छ त्यो उहाँको कुरा । तर, मैले के भनेको छु भने माओवादीलाई अपराधी र हत्यारा भन्ने मान्छेहरूलाई ठेगाना लगाइदिने तागत हामीसँग छ, हामी लगाइदिन्छौँ ।’
लोकतन्त्रमा माओवादीलाई अपराधी बनाउने अधिकार कसैलाई नभएको उनको भनाइ छ । उनले माओवादीलाई अपराधी बनाउन खोजिए इतिहास दोहो¥याउने चेतावनी दिए ।










