Logo
Logo

पल शाह भन्छन्- समयको दोष थियो, कसैलाई गाली नगर्दिनुस्



काठमाडौं । नाबालिग बलात्कार प्रकरणमा अदालतबाट सफाइ पाएका कलाकार पल शाहले आफूसँग जोडिएको घटनासँग सम्बन्धित कसैलाई पनि गालीगलौज र नराम्रो व्यवहार नगर्न आग्रह गरेका छन् ।

मनमा कसैप्रति रिस र प्रतिशोधको भावना नरहेको भन्दै उनले एक वर्षको कारागार जीवनलाई सिकाइको उर्वर सयमको रूपमा लिएको उल्लेख गरेका छन् ।

परिवारसँग होली मनाएको तस्वीर सामाजिक सञ्जालमा राख्दै उनले आफ्नो कर्मलाई तिखार्ने र दर्शकको अपेक्षालाई पूरा गर्ने एउटै लक्ष्यका साथ अगाडि बढ्ने बताएका छन् । उनले लेखेका छन्- ‘मेरो बितेको एक वर्षको त्यो घटनासँग जोडिएका सम्पूर्ण व्यक्तित्वहरूमा मेरो सदा सम्मान र सद्भाव । र यहाँ कोही कसैको दोष नभएर समयको दोष थियो त्यसैले मेरो अनुरोध, कसैलाई गालीगलौज र नराम्रो व्यवहार नगरिदिनुहोला । उहाँहरूसँग फेरि सहकार्य गर्ने वातावरण मिलोस् ।’

प्रतिक्रिया दिनुहोस्