Logo
Logo

राजनीतिमा बिद्याको कमब्याक, रबिन्द्रको क्षेत्रमा उम्मेदवार


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौँ, ८ कात्तिक ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कास्की २ बाट विद्या भट्टराईलाई उम्मेदवार बनाउने निश्चित भएको छ । नेकपा जिल्ला कमिटी कास्कीको शुक्रबार बसेको बैठकले भट्टराईलाई उम्मेदवारमा सिफारिस गर्न सर्वसम्मत निर्णय गरेको जिल्ला इन्चार्ज राजकाजी गुरुङले जानकारी दिए।
मंसिर १४ गते देशभरका ५१ स्थानमा उपनिर्वाचन हुँदैछ। ती मध्ये प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन हुन लागेको कास्की २ मात्रै हो।

तत्कालीन पर्यटनमन्त्री एवं कास्की २ का प्रतिनिधिसभा सदस्य रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि उक्त निर्वाचन क्षेत्र रिक्त थियो। नेकपाले यसअघि कार्तिक १० गतेसम्म उमेद्वारको नाम सिफारिस गर्न मातहतका कमिटीहरुलाई निर्देशन दिएको थियो।
भट्टराई स्वर्गीय मन्त्री अधिकारीकी पत्नी हुन्। उनले बिद्यार्थी राजनीति गरेकी थिइन् । पछि राजनीतिबाट टाढा रहेकी उनी पती बियोगपछि फेरि राजनीतिमा जोडिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्