Logo
Logo

दीपावली, नेपाल संवत् तथा छठपर्वमा टेलिकमको छुट अफर


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । नेपाल टेलिकमले नेपालीहरुको महान चाड तिहारका साथै छठ र नेपाल संवतका अवसरमा गत वर्षहरुमा जस्तै यस वर्ष पनि कम्पनीका सेवाहरुमा विभिन्न आकर्षक छुट उपलब्ध गराउने भएको छ । सो अवसरमा मोबाइलमा रिचार्ज गर्दा बोनस उपलब्ध गराइने छ । यो भन्दा पहिले देखि नै उपलब्ध फोरजी-एलटीई र अन्य सेवाहरुमा विशेष छुट सहितका अफरहरुलाई समेत निरन्तरता दिइएको छ ।

रिचार्जमा बोनस : जीएसएम-सीडीएमए प्रिपेड÷पोष्टपेड मोबाइलमा रिचार्ज गर्दा बोनस उपलब्ध गराइने छ । आगामी कात्तिक १० देखि १६ गतेसम्म रिचार्ज कार्ड वा एमपोसबाट रिचार्ज गर्दा बोनस प्रदान गरिने छ । यस योजनामा रु. ५०, १०० र २०० को रिचार्ज कार्डबाट रिचार्ज गर्दा १० प्रतिशत र रु. ५०० र १००० को रिचार्ज कार्डबाट रिचार्ज गर्दा २० प्रतिशत बोनस प्राप्त हुनेछ । रु. ५०, १०० र २०० को बोनस ३ दिन भित्र र रु. ५०० र १००० को बोनस ५ दिनभित्र उपयोग गरिसक्नु पर्नेछ ।

त्यसैगरी एमपोसबाट रु. १० देखि ४९९ सम्मको रिचार्ज गर्दा १० प्रतिशत र रु. ५०० वा सो भन्दा माथिल्लो दरको रिचार्ज गर्दा २० प्रतिशत बोनस उपलब्ध हुनेछ । सो बोनस क्रमशः ३ दिन र ५ दिनभित्र उपयोग गरिसक्नु पर्नेछ ।

पहिले देखि नै उपलब्ध यी अफरहरुलाई पनि निरन्तरता दिइएको छ :
१. फोरजी-एलटीई सिम परिवर्तन गर्दा कुनै शुल्क लाग्ने छैन । अर्को सूचना नभए सम्म यो अफर निरन्तर रहने छ । ग्राहकले *444# डायल गरी सिम परिवर्तन गर्नु पर्ने वा नपर्ने थाहा पाउन सकिनेछ ।

२. पहिलो पटक फोरजी-एलटीई नेटवर्कमा रजिष्टर हुने ग्राहकलाई २ दिनको समयावधि सहितको २ सय एमबी डाटा बोनसको रुपमा उपलब्ध गराइने छ । यो छुट कम्पनीले अर्को सूचना प्रकाशित गरी सूचित नगरेसम्म जारी रहने छ । हाल टुजी र थ्रीजी नेटवर्कमा सिम चलाइरहेका ग्राहकले *444# डायल गरी फोरजी नेटवर्कमा आबद्ध हुन सकिनेछ ।

३. पोष्टपेड ग्राहकका लागि मिस्ड कल अलर्ट (एमसीए) सेवा निःशुल्क उपलब्ध गराइने छ । यो सेवा अर्को सूचना जारी नभए सम्म निरन्तर रहने छ । आफ्नो मोबाइलमार्फत *1400# डायल गरेर दिइएका विकल्प अनुसार अथवा unsub mca लेखेर 1400 मा एसएमएस पठाई यो सुविधा हटाउन सकिने छ । साथै कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यो सेवा प्रयोगमा ल्याउन वा हटाउन सकिन्छ ।

४. प्रिपेड नम्बरमा पनि आगामी छठ (कात्तिक १६ गते) सम्म मिस्ड कल अलर्ट (एमसीए) सेवा निःशुल्क खरिद गर्न सकिनेछ । आफ्नो मोबाइलमार्फत *1400# डायल गरेर दिइएका विकल्प अनुसार अथवा sub mca लेखेर 1400 मा एसएमएस पठाई यो सुविधा प्राप्त गर्न वा unsub mca लेखेर 1400 मा एसएमएस पठाई यो सुविधा हटाउन सकिन्छ । साथै कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यो सेवा प्रयोगमा ल्याउन वा हटाउन सकिन्छ ।

मिस्ड कल अलर्ट (एमसीए) ले नेटवर्क नभएको, मोबाइल बिजी भएको वा मोबाइल फोन स्विच अफ भएको समयमा पनि पछि स्विच अन गर्दा यसरी छुटेका वा मिस्ड भएका कलहरुको अलर्ट दिन्छ ।

५. कम्पनीको इन्टरनेट÷इन्ट्रानेट लिज लाइन सेवा लिने नयाँ ग्राहकहरुलाई दर्ता शुल्क रु. ३२०।– आगामी छठसम्म निःशुल्क गरिएको छ ।

विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415# मा डायल गर्नु पर्नेछ । कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत यस सम्बन्धी विस्तृत जानकारी लिन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्