Logo
Logo

राजेशपायलको आपत्ति : प्रमाणविना मानहानि गर्न मिल्छ ?



काठमाडौं । लोकप्रिय गायक राजेशपायल राईले मिडियामा आएको समाचारप्रति आपत्ति जनाएका छन् । उनले प्रमाणविना लगाइएको आरोप आफूलाई बदनाम गराउने र क्यारियर समाप्त पार्ने गिरोह सक्रिय हुन लागेको समेत उल्लेख गरेका छन् ।

‘राई इज किङ’ ‘मेघास्टार’ उपनाम पाईसकेका गायक राईले बिनाप्रमाण केही मिडियाहरुले व्यक्तिगत डिटेल प्रकाशन गरेर मानहानि गरेको भन्दै प्रमाण ल्याए आफ्नो शिर पाउमा राखिदिने चुनौती समेत दिएका छन् ।

‘एउटा स्टाटस कै भरमा कसैलाई यति ठुलो गाली गलौज लेख्न मिल्छ ? थम्नेलमा डिस्क्रिप्सन दिन मिल्छ ? म चुनौत दिन्छु । यदी प्रमाण ल्याउनु भयो भने तपाईको पाउमा मेरो शिर राखि दिन्छु’, सामाजिक सञ्जालमार्फत उनले भनेका छन् ।

यस्तै उनले आफ्नो भलो नचिताउने र करिअर समाप्त गराउने गिरोह सक्रिय हुन लागेको भन्दै आउँदा दिनहरुमा आफूमाथि यस्तै कुनै षडयन्त्र भयो भने आश्चार्य मान्नु नपर्ने पनि उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्