Logo
Logo

काठमाडौं र बेइजिङ जोड्दै हिमालय एयरलाइन्स्


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १० कात्तिक । हिमालय एयरलाइन्स्, अन्तर्राष्ट्रियरुपमा सञ्चालित नेपाल–चीन संयुक्त वायुसेवा उद्यमले यस शीतकालीन समयमा चीनबाट भित्रिने र बाहिरिने यात्रुहरुको माग पुरा गर्नका लागि हरेक हप्ता तीन पटक काठमाडौंबाट चीनको राजधानी बेइजिङ उडान भर्न नयाँ तालिका सार्वजनिक गरेको छ । एयरलाइन्स्ले बेइजिङका लागि २०७६ कात्तिक १० गते आफ्नो पहिलो उडान सार्वजनिक गर्दै दुई देशका दुई राजधानीबीच ऐतिहासिक सिधा सञ्जाल स्थापना गरेको हो ।
नयाँ उडान हिमालय एयरलाइन्स्को सञ्जाल विस्तारको व्यावसायिक रणनीतिमा नवीनतम कदम हो । यसले नेपाल–चीनको सम्पर्कलाई बढाउन मद्दत पु¥याउने बताइएको छ । चीन नेपाल भित्रिने पर्यटकहरुको दोस्रो ठूलो बजार बाहेक नेपालको एउटा महत्वपूर्ण व्यापारिक साझेदार हो । हालैका बर्षहरुमा व्यावसायिक तथा घुमफिरका लागि आउने पर्यटकहरुको संख्या ह्वात्तै बढेको छ । यसले पर्यटक संख्या र यसबाट हुने आम्दानी मात्र नबढाएर दुई देशबीचको महत्वपूर्ण व्यापार सम्झौताहरुलाई पनि प्रवद्र्धन गरिरहेको छ ।


यो वृद्धि नेपाल सरकार र चीन सरकारबीच जुलाई २०१९ मा भएको संशोधित हवाई सेवा सम्झौताको उपलब्धि हो, जसले नेपाली एयरलाइन्स् कम्पनीहरुलाई सन् २०१९ का लागि पाँचवटा गन्तव्यस्थान उडानका लागि खुला ग¥यो र २०२० का लागि थप नयाँ तीन गन्तव्य स्थान उडानका लागि बाटो खुला गरिदियो । यो नयाँ संशोधनका साथसाथै बेइजिङमा हालै स्थापना भएको डेक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलले हिमालय एयरलाइन्स्का लागि बाटो खुला गरिदिएको छ ।
¥याडिसन एयरपोर्ट रेस्टुरेन्टमा आयोजित पूर्व–उडान उद्घाटन उडानको केक काट्ने कार्यक्रममा संस्कृति, पर्यटन तथा उडड्यनमन्त्री योगेश भट्टराई, माननीय चिनियाँ राजदूत श्रीमती होउयाङची र सचिव केदार बाहादुर अधिकारीलगायत क्यान, पर्यटन बोर्ड, त्रिभुवन विमानस्थल कार्यालयका उच्च अधिकारीहरुको उपस्थिति रहेको थियो ।

हिमालय एयरलाइन्स्का अध्यक्ष झोउ इन्योङले आमन्त्रित व्यक्तित्वहरुलाई स्वागत गर्दै भने, ‘नेपाल र चीनबीचका दुई राजधानीबीच पहिलो सिधा हवाई सेवा प्रदान गर्ने ऐतिहासिक क्षणलाई प्रत्यक्ष अनुभव गर्दै तिहारको शुभ अवसरमा हिमालय एयरलाइन्स्को काठमाडौं– बेइजिङको पहिलो उडान सुरुवात गर्न पाउँदा म एकदमै हर्षित र गर्व महसुस गर्दछु । यस उडानले निश्चितरुपमा चिनियाँ पर्यटकहरुलाई आकर्षित गर्दछ, विशेषगरी उत्तरी चीनबाट नेपाल भ्रमण आउने पर्यटक । यो रुटमा बर्षमा ४० हजार भन्दा बढी चिनियाँ यात्रुहरु भ्रमणमा खर्च, लगानी गर्न एवं व्यावसायिक संस्था सञ्चालन गर्न नेपाल भित्रिने गर्दछन्, जसले पर्यटन उद्योगको सञ्जाल र नेपालमा सबै किसिमका आर्थिक क्रियाकलापका निम्ति नयाँ साधन सिर्जना गर्नेछ ।’

मन्त्री योगेश भट्टराईले हिमालय एयरलाइन्स्लाई बधाई दिँदै भने ‘दुई देशको राजधानीबीचको सिधा हवाई सम्पर्कले भ्रमण वर्ष २०२० मा पाँच लाख लक्षित चिनियाँ पर्यटक भित्र्याउन मद्दत पु¥याउने र चिनियाँ पर्यटकहरुको लागि नेपाल एउटा महत्वपूर्ण अन्तराष्ट्रिय पर्यटन गन्तव्यस्थान हो र दक्षिण एसियामा चिनियाँ मान्छे पर्यटन गर्ने पहिलो छनौट पनि हो’ माननीय चिनियाँ राजदूतले यो सिधा उदानको सफलताको कामना व्यक्त गर्दै भने ।

काठमाडौं–बेइजिङको उद्घाटन उडानमा हिमालय एयरलाइन्स्को ६६५ विमान काठमाडौंको त्रिभुवन विमानस्थलबाट २०७६ साल कात्तिक १० गते ०८स्३ण् बजे उडान भरेर बेइजिङको डेक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलमा १६ः१० मा अवतरण गर्नेछ । हिमालय एयरलाइन्स्को ६६६ विमान त्यही दिन १७ः४० मा बेइजिङबाट नेपाल फर्कने छ र २१ः४५ मिनेटमा काठमाडौं अवतरण हुनेछ । विक्री तथा बजार, बजार विकास, रिजर्भेसन तथा टिकटसम्बन्धी सेवाका लागि बेइजिङमा एयरलाइन्स्को कार्यालय स्थापना गरिएको छ ।

सरकारी कार्यालयहरुबाट भएको सहयोगलाई स्वीकार गर्दै, प्रशासनका उपाध्यक्ष विजय श्रेष्ठले भने ‘हाम्रो सञ्जाललाई चीनमा फैलाउन पाएकोमा हामी एकदमै खुसी छौं । बेइजिङको यो रुट थप हुनु धेरै भन्दा धेरै चिनियाँ पर्यटकलाई देशमा भित्र्याउने नेपाल भ्रमण बर्ष २०२० प्रतिको हाम्रो गहिरो प्रतिबद्धताकै हिस्सा हो । बीआरआईकै सन्दर्भमा पनि हिमालय एयरलाइन्स्ले संस्थागत र औद्योगिक क्षेत्रहरुका निम्ति नयाँ स्थलहरु खुला गर्दछ । हामी तीनवटा नयाँ गन्तव्यस्थानमा जाने योजना गरिरहेका छौं, ती हुन् ः गुइयाङ, चाङसा र नान्चाङ, जुन छिट्टै नै चिनियाँ बजारको प्रवेशद्वार बन्नेछन् । बेइजिङको यो नयाँ उडानले चिनियाँ व्यवसायी तथा पर्यटकहरुका लागि निर्वाध सञ्जाल विकल्पहरु प्रदान गर्नुका साथै यात्रुहरुका लागि छनौट र सुविधाहरु उपलब्ध गराउनेछ । चीन भ्रमणका लागि हिमालय एयरलाइन्स्को नयाँ सेवा सबैभन्दा रुचाइएको सेवा सञ्जाल हुनेमा हामी विश्वस्त छौं ।’

हिमालय एयरलाइन्स्ले दोहाको आबुधावी, दमाम र ढाका गरी तीनवटा ए३२० जहाज उडान गर्दै आएको छ । यसका अलावा, एयरलाइन्स्ले सन् २०१९ को अन्त्य ÷ २०२० को सुरुवात सम्ममा ए३१९ को दुईवटा विमान थप गर्ने घोषणा गरिसकेको छ । यो सेवासँगै हिमालय एयरलाइन्स् नेपाल र चीनबीच सिधा उडान सञ्चालन गर्ने नेपालको एकमात्र एयरलाइन्स् हुनेछ ।

प्रतिक्रिया दिनुहोस्