Logo
Logo

पक्राउ गर्न सिफारिस गरिएका प्रहरी पैसा उठाउन व्यस्त ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १० कात्तिक ।
फेक इन्काउन्टरमा संलग्न नेपाल प्रहरीका तीन कर्मचारीलाई राष्ट्रिय मानव अधिकार आयोगले पक्राउ गरी कारबाही गर्न निर्देशन दिएको एक साता भइसकेको छ । तर,ती प्रहरीलाई अझै प्रहरी प्रधान कार्यालयले कारबाही गरेको छैन । उनीहरु पैसा उठाउन व्यस्त छन् ।


नेत्रविक्रम चन्द समूहका नेता कुमार पौडेलको ‘हत्यामा संलग्न रहेको’ आरोपमा राष्ट्रिय मानव अधिकार आयोगद्वारा निलम्बन गर्न सिफारिस गरिएका तीन जना प्रहरी अझै घुमुवाकै रूपमा तराईका जिल्लामा कार्यरत छन् ।
आयोगले प्रहरी निरीक्षक (इन्स्पेक्टर) कृष्णदेव प्रसाद साह, हवल्दारद्वय विनोद साह र सत्यनारायण मिश्रलाई तत्काल निलम्बन गरेर कर्तव्य ज्यान मुद्दा चलाउन आयोगले गत सोमबार सिफारिस गरेको थियो । आरोपित प्रहरीलाई प्रहरी प्रधान कार्यालयले फिर्ता बोलाएको छैन । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आफ्नै कमान्डमा रहेको विशेष ब्युरोमा दरबन्दी तथा काज कायम गरेर प्रदेश २ अन्तर्गतका ८ वटा जिल्लामा १४ जना सादा पोसाकका घुमुवा खटाएका थिए । त्यही टोलीको नेतृत्व साहले गरेका थिए ।
‘प्रहरी प्रधान कार्यालय नक्सालको प्रत्यक्ष निर्देशन र प्रदेश २ प्रहरी कार्यालयको समन्वयमा परिचालित प्रहरीले पौडेललाई नियन्त्रणमा लिएपछि अनावश्यक बल प्रयोग गरी ९ गोली हानेर मारिएको पाइयो,’ आयोगको प्रतिवेदनमा भनिएको छ, ‘प्रहरीले आत्मरक्षा र दोहोरो भिडन्त भनी दाबी गरेकामा दोहोरो भिडन्त वा आत्मरक्षाको अवस्था कतैबाट पुष्टि नभएको र घटनाको प्रकृति, संकलित प्रमाणसमेतबाट निजलाई नियन्त्रणमा लिई मारिएको आयोगको अनुसन्धानबाट देखियो ।’
आयोगको निर्देशन पालना नगरे गृहमन्त्री र प्रहरी महानिरीक्षक कालोसूचिमा पर्ने आयोगा सदस्य गोविन्द शर्मा पौडेल बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्