Logo
Logo

प्रचण्डसँग दुरी बढ्ने सम्भावना छैनः प्रधानमन्त्री ओली


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १० कात्तिक ।
प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग आफ्नो दुरी बढने सम्भावना नभएको बताएका छन् ।
असंलग्न राष्ट्रहरुको १८ औं सम्मेलनमा भाग लिएर आइतबार अजरबैजानबाटस्वदेश फर्केका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा अर्का अध्यक्ष दाहालसँग दुरी बढने कुनै अवस्था नरहेको बताए ।

‘रमाईलो कुरा गर्नु भयो, काठमाडौं हुँदा भन्दा बाकुमा हुँदा टाढा त हुनै नै भयो,’ यससम्बन्धि पत्रकारो प्रश्नमा जवाफ दिदै प्रधानमन्त्री ओलीले व्यंग्यात्मक शैलीमा भने, ‘यसभन्दा बाहेक दुरी बढेको छैन, दूरी बढेको भन्ने गणित चाँही मिलेन । हामी बीच कुनै प्रकारको दुरी बढने सम्भावना र अवस्था छैन ।’ प्रधानमन्त्री ओली र दाहालबीच पछिल्लो समय दुरी बढेको समाचार समाचार माध्यममा आएको थियो ।

दाहालले मदन भण्डारीसँग आफूलाई तुलना गरेको भन्ने संचारकर्मीको प्रश्नमा उनले कुन प्रसंगमा त्यसो भनेको थाहा नभएको र आफुले नसुनेको बताए । ‘म यति भन्न सक्छु, उहाँले म मदन भण्डारीको विचारहरुलाई लिएर पार्टीलाई समय अनुकूल अगाडि बढाउँछु, बढाउने इच्छा राख्छु भन्नु भएको हुनुपर्छ,’ उनले भने, ‘त्यसकारण यस विषयलाई लिएर आफूहरुबीच दुरी बढेको भन्न मिल्दैन, बरु दुरी घटेको भन्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले असंलग्न आन्दोलनबाट कसले कसको पक्षमा लिने भन्ने नभएको बताए । ‘विश्व शान्तिको पक्षमा उभिने हो । निशस्त्रीकरणको पक्षमा उभिने हो । विनाशका अस्त्रहरु उत्पादनमा निरुत्साहित गर्ने हो,’ उनले भने, ‘यो संगठन दोस्रो विश्वयुद्धपछि बनेको हो र अहिले पहिलेको भन्दा बढी हतियार छन् तर लडाइँ भएको छैन ।’

प्रतिक्रिया दिनुहोस्