मारवाडी समुदायको योगदान महत्वपूर्णः राष्ट्रपति भण्डारी « Drishti News – Nepalese News Portal
Logo

मारवाडी समुदायको योगदान महत्वपूर्णः राष्ट्रपति भण्डारी


appharu



काठमाडौं, २९ पुस ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मारबाडी समुदायले समाज सेवाको क्षेत्रमा र्पुयाउँदै आएको योगदानको प्रशंसा गरेकी छन् ।


मारबाडी महिला मञ्च, काठमाडौंद्वारा आइतबार आयोजित रजत जयन्ती महोत्सवको कार्यक्रम उद्घाटन गर्दै उनले नेपालको सांस्कृतिक पर्यटन क्षेत्रको विस्तारमा मारबाडी समुदायले महत्वपूर्ण योगदान दिएको बताइन् । उनले आफ्नै साधन, स्रोत जुटाएर मारबाडी समुदायले समाज सेवाको क्षेत्रमा दिएको योगदानबाट प्रेरित भएर परोपकारको क्षेत्रमा अझै सक्रिययताका साथ योगदान दिन समाजका विभिन्न क्षेत्रमा कार्यरत सामाजिक संघ, संस्थाहरुलाई आग्रह गरिन ।

राष्ट्रपति भण्डारीले तीर्थयात्रीहरुका लागि निःशुल्क भोजन, पानी, औषधि उपचार गराएर मारबाडी समुदायले पुण्यको काम गरेको बताइन् । उनले गरिव तथा जेहन्दार छात्रछात्रालाई छात्रवृत्तिको व्यवस्था तथा धर्मशाला स्थापना गरेर तीर्थयात्रीहरुलाई सहज आवासको व्यवस्था गरेर मारबाडी समुदायले समाज सेवाको क्षेत्रमा उदाहरणीय काम गरेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्