Logo
Logo

अन्य पार्टीहरु फोहोरी खेलमा लागे : ओली


630
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेबाहेका पार्टीहरु क्षणिक फोहोरी खेलमा लागेको आरोप लगाएका छन् । उनले ती पार्टीहरु फोहोरी खेलमा लागेकाले एमाले सहभागी नहुने बताए ।

शुक्रबार एमाले निकट खेलकुद महासंघका नवनिर्वाचित पदाधिकारीहरुको शपथग्रहण कार्यक्रममा बोल्दै उनले भने, ‘हामी अरु पार्टीजस्तो क्षणिक दैनिक फोहारी खेलमा सामेल छैनौँ, सामेल हुँदैनौं पनि ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले एमाले देश बनाउन म्याराथुन दौडमा रहेको बताउँदै भने, ‘हामी देश बनाएपछि मात्र विश्राम लिन्छौँ ।’ उनले एमाले लामो दौडको घोडा भएको पनि बताए ।

अध्यक्ष ओलीले आफूले सिल्भर तातेजस्तो नतात्ने बताउँदै भने, ‘यसो ताप पायो तातिहाल्यो, भूईँमा राख्यो एकैछिनमा सेलाइहाल्यो, हामी अर्बौं वर्ष खरबौं वर्ष तातेपछि सूर्य तातेजस्तै जस्तो तात्नुपर्छ, एमाले त्यस्तै हो ।’ उनले एमालेले चलखेल पनि नगर्ने र एमालेमाथि चलखेल नगर्नसमेत आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्