Logo
Logo

आयोगले राष्ट्रपति भण्डारीसमक्ष बुझायो रामचन्द्र राष्ट्रपति निर्वाचित भएको प्रतिवेदन


2.6k
Shares

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेल निर्वाचित भएको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गरेका छन् ।

शुक्रबार साँझ राष्ट्रपति कार्यालयमा गएर प्रमुख आयुक्त थपिलियाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिवेदन पेश गरेका हुन् । उनले संविधानको धारा ६२ तथा राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन २०७४ को दफा ६० बमोजिम पौडेल राष्ट्रपतिमा निर्वाचित भएको प्रतिवेदन पेश गरेका हुन् ।

बिहीबार सम्पन्न राष्ट्रपति निर्वाचनमा पौडेल निर्वाचित भएका हुन् । पौडेलले एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई हराउँदै देशको तेस्रो राष्ट्रपति बनेका हुन् । राष्ट्रपति पौडेलले आइतबार कार्यभार सम्हाल्दैछन् ।

प्रतिक्रिया दिनुहोस्