Logo
Logo

प्रधानमन्त्री ओली अस्वस्थ, अस्पताल भर्ना


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १३ कात्तिक ।
प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । स्वास्थ्य जाँचका लागि ग्राण्डी अस्पतालमा भर्ना गरिएका ओलीलाई बुधबार अस्पतालमै राखिने भएको छ ।


अस्पतालमा भर्ना भएपछि पनि उनलाई ज्वरो बढेको अस्पताल स्रोतले जानकारी दिएको छ । तर प्रधानमन्त्रीको सचिवालय तथा उनको स्वास्थ्य टिमले भने अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन । प्रधानमन्त्री ओली बुधबार बिहानै ग्राण्डी अन्तर्रा्ष्ट्रिय अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा भर्ना भएका थिए । चिकित्सकको निगरानीमै राख्नुपर्ने भएकाले बुधबार डिस्चार्ज नहुने उनका एक सहयोगीले बताए ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले ज्यादै अस्वस्थ भएर आईसीयूमा राखिएको नभई भीडभाड हुने र सङ्क्रमण फैलिने भयका कारण राखिएको बताए । प्रधानमन्त्रीको शरीरमा पानीको मात्रा कम (डिहाड्रेसन–जलवियोजन) देखिएको बालुवाटार स्रोतको भनाइ छ । “

प्रधानमन्त्री केपी शर्मा ओलीको १३ वर्षअघि मृगौला प्रत्यारोपण गरिएको थियो । त्यसयता प्रधानमन्त्री ओलीले नियमित स्वास्थ्य जाँच गर्दै आएका छन् । दुई महिनाअघि सिङ्गापुरमा प्लाज्मा फेरेसिसमार्फत शरीरमा जम्मा भएको एण्टीबडी नष्ट गरिएको थियो । प्रधानमन्त्री ओली यहीवर्षमात्रै दुईपटक सिङ्गापुर गइसकेका छन् । सिङ्गापुरबाट फर्किएपछि पनि ओली नियमित स्वास्थ्य परीक्षणमै छन् ।

प्रतिक्रिया दिनुहोस्