काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक बस्दै बैठक आज बिहान ९ बजे बस्ने भएको छ ।

बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । बैठकले उपराष्ट्रपतिबारे निर्णय गर्नेछ ।
एक पदाधिकारीका अनुसार एमालेले उपराष्ट्रपतिमा उमेदवार नउठाउने सम्भावना रहेको छ । ‘उमेदवारी दिने नदिने बैठकले निर्णय गर्नेछ’ ती पदाधिकारीले भने । उपराष्ट्रपतिको उमेदवारी मनोनयन आज हुँदै छ ।











