काठमाडौं । जनमत पार्टीबाट ममता झाले उपराष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गराएकी छन् । ममताले सत्ता गठबन्धनमा रहेका साना दलहरूको तर्फबाट उम्मेदवारी दर्ता गराएकी हुन् ।

सत्तारुढ चार दल (कांग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादीबीच उपराष्ट्रपति जसपाले लिने सहमति भएपनि जनमत त्यसमा सहमत छैन ।
निर्वाचन आयोगले पुरुष राष्ट्रपति भइसकेकाले उपपराष्ट्रपतिको उम्मेदवार महिला हुनुपर्ने जनाएको छ । सोहीअनुसार जनमतले ममतालाई उम्मेदवार बनाएको हो । उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुँदैछ ।
यसअघि एमालेको तर्फबाट अष्टलक्ष्मी शाक्य, जसपाको रामसहायप्रसाद यादव र प्रमिलाकुमारी यादवले उपराष्ट्रपतिमा उम्मदवारी दर्ता गराएका छन् । जसपालाई सत्ता गठबन्धनको समर्थन रहेको छ ।











